काठमाडौं,३० असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ ।
पार्टीको आज बसेको प्रदेश संसदीय दलको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय भएको एक नेताले जानकारी दिए । कोशीमा नेकपा एसको ४ सांसद रहेका छन् ।
मुख्यमन्त्री कार्कीले भोलि प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । उनी नेकपा एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई यसअघिनै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।