Logo

अमेरिकी राष्ट्रपति बाइडेन भोली इजरायल भ्रमणमा जाने



काठमाडौं, असो ३० । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त इजरायलको भ्रमणमा गर्ने भएका छन्। बीबीसीका अनुसार राष्ट्रपति बाइडेन भोलि बुधवार इजरायल भ्रमणमा निस्कन लागेका हुन्। अमेरिकी बिदेशमन्त्री एन्टनी ब्लिकंनका अनुसार हमासको आक्रमणपछि युद्धमा रहेको इजरायलको अवस्था बुझ्न उनी इजरायल भ्रमणमा जान लागेका हुन् ।

भ्रमणकै क्रममा बाइडेनले हमास विरुद्ध इजरायल र अमेरिका एकजुट भएको सन्देश दिनेछन् । इजरायलमा हुने कुनै आतंकबादी गतिबिधिलाई निर्मुल पार्ने उद्घोष गरेको अमेरिकाले इजरायलका लागि सैन्य सामग्री उपलब्ध गराउनुका साथै मानवीय सहयताका लागि पनि साथ रहेको बताइसकेको छ ।

इजरायलमा रहदा बाइडेनले हमासले बन्धक बनाएका स्वदेशी र बिदेशी नागरिकहरुको रिहाइको प्रयास गर्ने जनाईएको छ । सोमवार शीर्ष अमेरिकी राजनीतिज्ञ, विदेश मन्त्री ब्लिङ्कन र इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच भएको करिब ७ घन्टा लामो कुराकानी पछि अमेरिकी राष्ट्रपति बाइडनको इजरायल भ्रमण घोषणा भएको हो।



प्रतिक्रिया दिनुहोस्