Logo

दुर्गा प्रसाईंको वैशाखी टेकेर राजगद्दीमा फर्किने सपना नदेख्न पूर्वराजालाई महेश बस्नेतको चेतावनी (भिडिओसहित)



काठमाडौं,३० असोज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले उग्र राष्ट्रवादी नबन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चेतावनी दिएका छन् ।

मंगलबार राष्ट्रिय युवा संघ नेपाल,जिल्ला कमिटी भक्तपुर द्वारा आयोजित विजया दशमी ,शुभ दिपावली,नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै बस्नेतले उग्र राजावादी र राष्ट्रवादी बन्दै हिड्नुको परिणाम चाँडै भोग्नुपर्ने बताए । उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि प्रसाईंको वैशाखी टेकेर राजगद्दीमा फर्किने सपना नदेख्न चेतावनी दिएका छन् ।

उनले भने, ‘राजावादी पनि राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्रलगायतका नेताहरूभन्दा उग्र राजावादी छ। अनि राजा ज्ञानेन्द्र नारायणहिटीमा बसेर जुँगा मुडारिरहेका होलान् दुर्गा प्रसाईँजस्ता अपराधीको वैशाखी टेकेर म फेरि आउँला भनेर। त्यस्ता सपना नदेखे हुन्छ ज्ञानेन्द्रजी। तिम्रा विरुद्ध नेपाली जनताका अभियानहरू चलाउनुपर्यो भने गाह्रो हुन्छ।’

बस्नेतले प्रसाईं एमाले कहिल्यै पनि नभएको दाबी गरे । उनले तत्काली दुई दल नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा बन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको माध्ययमबाट नेकपामा घुसेको बताए । गत वर्षको मंसिरमा सम्पन्न संघीय निर्वाचनमा झापा ३ बाट टिकट मागेको र एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेको उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्