Logo

प्रचण्डलाई भीम रावलको प्रश्न: लाखौं मानिस सडकमा उतार्ने धम्की कसलाई दिएको ?



काठमाडौं,३० असोज । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखौं मानिस सडकमा उतार्ने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार समाजवादी मार्चाको सुदूरपश्चिम प्रदेशमा भएको सन्देश सभामा बोल्दै प्रधानमन्त्री दाहालले राजनैतिक परिवर्तन उल्ट्याउन लागि परेकाहरु विरुद्ध पुनः एकपटक लाऔं जनता सडकमा उतार्ने चेतावनी दिएका थिए ।

दाहालको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै डा.रावलले आज ट्वीट गर्दै आपत्ति जनाएका हुन् । उनले सुदूरपश्चिममा भूकम्पका कारण सयौं नागरिकहरु घरबारवीहिन बन्दापनि वास्ता नगरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भू-भागमा भ्रमण गर्दा सरकराले केहि पनि नबोलेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

‘सुदूरपश्चिम, दार्चुलाका लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको र हालै त्यहाँ भारतीय प्रमंले नांगो हस्तक्षेप गरेको बारे धनगढीको कार्यक्रममा चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की प्रमं प्रचण्डले कसलाई दिनुभएको हो ? आफैलाई वा विदेशी हस्तक्षेपका विरोधीहरूलाई ?’। रावलले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्