Logo

मुख्यमन्त्रीको दाबी पेश गर्दा हस्ताक्षर गर्न नमानेका मण्डलले पनि दिए कार्कीलाई बधाई,सबैलाई मिलाएर सरकार हाँक्न सुझाव



काठमाडौं,३० असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले बधाई दिएका छन्।

मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर मण्डलले बधाई दिएका हुन् । मण्डल नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।

सो क्रममा उनले मुख्यमन्त्री कार्कीलाई मध्यावधिलाई रोक्न सफल भएको र कार्यकाल सफल रहनेगरी र सबैलाई मिलाएर अघि बढ्न सुझाव दिएका थिए।

मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदैछन्। गत शुक्रबार ४७ प्रदेशसभा सदस्यको नामावलीसहित मुख्यमन्त्रीमा दाबी गरेको कार्कीलाई शनिबार दाबी हस्ताक्षर सनाखत गरिसकेपछि मात्र नियुक्त गरिएको थियो।

सो क्रममा प्रदेशसभा सदस्य मण्डलले हस्ताक्षर गरेका थिएनन्। कार्कीले दाबी गरिरहँदा कांग्रेसबाट ८ र एमालेबाट ३९ जना प्रदेशसभा सदस्यको साथ पाएका थिए। विगतमा कांगेस नेता शेखर कोइराला निकट भनेर चिनिएका मण्डल कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा भने हस्ताक्षर गर्न पछि हटेका थिए । उनले कांग्रेसलाई एकताबद्ध बनाउन आफू तत्काल कुनैपनि पक्षमा नजाने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्