काठमाडौं,३० असोज । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछाने छिट्टै नेपाली टिममा फर्किनेमा आशावादी रहेको बताएका छन् ।
बुधबारबाट सुरु हुन लागेको नेपाल, यूएई र हंकङ्गबीच हुने त्रिकोणात्मक खेलको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका खड्काले सन्दीपसँग कुराकानी भइरहेको भन्दै उनी छिट्टै टिममा फर्किनेमा विश्वस्त रहको बताए ।
पूर्व कप्तानसमेत रहेका लामिछाने नाबालिग बलात्कारको मुद्दा खेपिरेका छन् । उनले आफ्नो अन्तिम फैसला नआउँदासम्म टिमबाट कुनैपनि खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए ।
पारसले भने,‘सन्दीपसँग निरन्तर कुराकानी भइरहेको छ । उहाँले योपाली परिवारसँग समय बिताउने इच्छा व्यक्त गर्नुभएपछि हामीले नकार्न सकेनौं । यो प्रतियोगितापछि उहाँ टिममा फर्किनुहुने आशा लिएका छौं । हामीले मात्र नभएर क्रिकेटसँग सरोकार राख्ने सबैले आशा राखेका छन् ।’