काठमाडौं,३० असोज । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो खेलमा लाओसविरुद्ध नेपालले पहिलो गोल गरेको छ । खेलको ५३ औं मिनेटमा नेपालका मनिस डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे ।
लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । भने दोस्रो हाफमा ेनपालले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको छ । दोस्रो चरणमा प्रवेश गर्नका लागि नेपालका लागि यो खेल महत्वपूर्ण छ ।
नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसैले दोस्रो लेगमा विजयी हुने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । file photo