Logo

केदार कार्कीलाई विश्वासको मत दिने एमालेको निर्णय



काठमाडौं,१ कार्तिक । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । एमालेको आज बसेको प्रदेश संसदीय दलको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय भएको एक सांसदले जानकारी दिए ।

कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैंछन् । उनी एमालेकै समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

गत शनिबार एमाले सांसदको बुहमत जुटाएर कांग्रेसको शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । फरक गठबन्धनबाट मुख्मन्त्री नियुक्त भएका कार्कीलाई कांग्रेस माओवादीले पनि मत दिने बताएका छन् भने राप्रपा र जसपाले नदिने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्