Logo

इजरायलबाट भारतहुँदै नेपाल फर्किएका सात जना कञ्चनपुरमा



कञ्चनपुर, कार्तिक १ । इजरायलबाट भारतहुँदै नेपाल फर्किएका सात जना विद्यार्थी कञ्चनपुरको महेन्द्रनगरबाट नेपाल प्रवेश गरेका छन्।

इजरायलबाट उद्धारमार्फत दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आएपुगेका हुन्। दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई सवारी साधनको व्यवस्थासहित घर पठाएको हो।

बुधवार महेन्द्रनगर आइपुगेकाहरुमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन्।



प्रतिक्रिया दिनुहोस्