Logo

माओवादीले भन्यो: कोशीमा हामीले गरेको त्यागलाई नजरअन्दाज नगरियोस्



काठमाडौं,१ कार्तिक । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सांसद दुर्गाप्रसाद चापागाईले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन् ।

बुधबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका चापागाईंले प्रदेशको स्थायित्व र गठबन्धनको भावना अनुरुप मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिने बताएका हुन् । उनले कार्की मुख्यमन्त्री बन्दा माओवादीले धेरै कूरा गुमाएको स्मरण गराउँदै आफ्नो दलको त्यागलाई नजरअन्दाज नगर्नसमेत आग्रह गरेका छन् ।

उनले केन्द्रीय गठबन्धनको निर्णयअनुसार नै आफ्नो पार्टी मुख्यमन्त्रीको दाबीबाट ब्याक भएको दाबी गरे । उनले भने, ‘गठबन्धनको भावनाअनुसार हामीले मुख्यमन्त्रीबाट फिर्ता भएका हौँ, माओवादीले गरेको त्यागलाई नजरअन्दाज नगरियोस् स्मरण गराउन चाहन्छु। यो प्रदेशमा सबै संविधानका धारारउपधारा प्रयोग गरिसकेका छौँ। प्रदेश सरकारको अस्थिरताले गनुपर्ने मुख्य काम गर्न सकेनौँ। प्रदेशमा नामकरणको विषयमा आन्दोलन चलिरहेको छ।’



प्रतिक्रिया दिनुहोस्