Logo

१४१ रनको लक्ष्य पछ्याएको नेपालको गुम्यो तीन विकेट



काठमाडौं,१ कार्तिक । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा यूएईले दिएको १४१ रनको विजयी लक्ष्य पछयाईरहेको नेपालले तीन विकेट गुमाएको छ ।

खेलको १०औं ओभर समाप्त हुँदा नेपालले ६३ रन बनाउँदै तीन विकेट गुमाएको छ । अहिले नेपालको क्रिजमा कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्न सक्यो । उसका लागि यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए।



प्रतिक्रिया दिनुहोस्