काठमाडौं,२ कार्तिक । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर-९ बाट ११ जना महासमिति सदस्य छानेको छ ।
असोज २९ गते बसेको बैठकले सर्वसम्मतरुपमा प्रतिनिधि छनोट गरेको हो । महाधिवेशन प्रतिनिधिको बैठकले क्षेत्रीय सभापतिलाई महासमिति सदस्य चयन गर्ने जिम्मेवारी दिएअनुसार सर्वसम्मत चयन गरिएको सभापति जयकृष्ण महर्जनले बताए ।
उनका अनुसार खुलातर्फ ५, खसआर्यतर्फ २, खुला महिलातर्फ २ र जनजातितर्फ २ गरी ११ महासमिति सदस्य चयन भएका छन् ।
यसरी छानिनेमा खुल्लातर्फ सुरेश परियार, सुमन श्रेष्ठ, रीता दवाडी, कल्याणी खड्का, र रस्मिला मल्ल रहेका छन, भने खसआर्यतर्फ धर्मराज गौतम र सुधा रिजाल चयन भएका छन् । गोमा गुरुङ र दिलमाया अधिकारी खुल्ला महिला सदस्यमा चयन हुँदा शैलेश कर्मचाय र डा.अमिता प्रधान जनजातीतर्फ सदस्य चयन भएको कांग्रेसले जनाएको छ ।