काठमाडौं,२ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोग दसैं बिदामा पनि खुला रहने भएको छ । आयोगको केन्द्रीय प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँ बिदामा पनि खुल्ने भएको हो ।
बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म कार्यालयहरु खुला रहने प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ ।
यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने आयोगले जनाएको छ ।