Logo

मदरसा ऐन तथा मदरसा बोर्डको लागि संघर्ष गर्ने प्रभु साहको प्रतिबद्धता



काठमाडौं, ४ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मदरसा ऐन तथा मदरसा बोर्डको लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । गृहजिल्लामा रहेका अध्यक्ष साहहले आज (शनिबार) फतुवा विजयपुर नगरपालिका र कटहरिया नगरपालिकाका विभिन्न ठाउँमा जनतासँग साक्षात्कार गरेका थिए ।

दशैं, तिहार, छठलगायतका चाडपर्वहरुको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष साहले मदरसा ऐन र बोर्ड गठनको लागि संघर्ष गर्ने प्रतिबद्धता गरेका हुन् ।

उनले शिक्षामा देखिएको विभेद हटाउनुपर्नेमा जोड दिएका थिए । उनले सरकारी बिधालयमा एउटा पाठ्यक्रम र निजी बिधालयमा अर्को पाठ्यक्रम तथा अंग्रेज़ी भाषालाई सरकारी मान्यता र मुस्लिम भाषाको मदरसालाई बेवास्ता गरिएकोमा आक्रोश पोख्दै आएका छन् । त्यस किसिमको विभेदलाई हटाउन र मदरसाको मान्यता दिलाउन मदरसा ऐन तथा मदरसा बोर्डको स्थापना जरुरी रहेको निकालेको पनि उनले जनाएका छन् ।

साहले फेशबुकमा लेखेका छन्–

महान पर्व दशैं, दिपावली तथा छठको शुभ अवसरमा हर घरमा पुगने लक्ष्य अनुरूप बिगत वर्षहरुझैं यस वर्ष पनि आज फतुवा विजयपुर नगरपालिकाको सन्तपुर, बाँके, गमहरीया र पेटभर्वा तथा कटहरिया नगरपालिकाको फत्तेपुर साथै गरुडा नगरपलिकाको महमदपुर, भिन्डावर र पिपरिया लगायतका ठाउँहरुमा जनताहरू बिच भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्नुभएकोछ । शिक्षामा देखिएको विभेद अर्थात् सरकारी बिधालयमा एउटा पाठ्यक्रम निजी बिधालयमा अर्कों पाठ्यक्रम तथा अंग्रेज़ी भाषालाई सरकारी मान्यता र मुस्लिम भाषाको मदरसालाई बेवस्ता रहेकोछ । यस विभेदलाई हटाउन र मदरसाको मान्यता दिलाउन मदरसा ऐन तथा मदरसा बोर्डको स्थापना जरुरी रहेको निचोड़ सहित कार्यक्रम सम्पन्न भएकोछ ।



प्रतिक्रिया दिनुहोस्