काठमाडौं, ४ कार्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नव निर्वाचित कार्यसमितिलाई स्वागत गरेका छन् । संघको ११औं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।
निर्वाचित पदाधिकारीले आज पद तथा गोपनियताको शपथग्रहण लिएका थिए । तर, मतपरिणामलाई लिएर आरके शर्मा र महेश श्रेष्ठको समूहले अस्विकार गरेको छ ।
आजै सो समूले समानान्तर कार्यसमिति घोषणा गर्ने भनेको छ । उता, अध्यक्षमा निर्वाचित बद्रि केसीले पूरानो कार्यसमिति भंग भएको र नयाँ कार्यसमिति आएकोले अब नयाँ ढंगले अघि बढ्ने बताईसकेका छन् ।