Logo

गृहजिल्लामा व्यस्त प्रभु साह, ठग म्यानपावर र अवैध एजेण्टलाई दण्डित गर्नुपर्ने जनताको मागमा सहमत



काठमाडौं, ६ कार्तिक । आम जनता पार्टीका अध्यक्ष प्रभु साह यतिवेला गृहजिल्लामा राजनीतिक गतिविधिमा सक्रिय छन् । दसैंको लागि गृहजिल्ला पुगेका अध्यक्ष साह जिल्लाका विभिन्न स्थानमा शुभकामनाविशेष कार्यक्रममा व्यस्त छन् । सो क्रममा उनले जनपक्षीय एजेण्डालाई महत्वका साथ उठाएका छन् । उनले अहिले ठग म्यानपावर र अवैध एजेण्टलाई दण्डित गर्नुपर्ने माग गरेका छन् ।

दसैंसँगै आउने तिहार र छठसम्म हरेक घरमा पुग्ने उनको लक्ष्य छ । सोहीअनुरूप आज (सोमबार) छैटौं दिन मौलापुर नगरपालिकाको मर्यादपुर तथा फतुवा बिजयपुर नगरपालिकाका विभिन्न गाउँमा भेटघाट गरेका छन् । सो क्रममा उनले वैदेशिक रोजगारीमा भैरहेको खुलेआम ठगीलाई रोक्नको लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाएका छन् ।

ठग म्यानपावर र अवैध एजेण्टलाई दण्डित गर्न जनताको व्यापक माग रहेको उल्लेख गर्दै साहले आफूहरुले त्यसप्रति नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकार्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्