Logo

पूर्वमन्त्री दिलनाथ गिरीको दाबी : प्रचण्डले नै राजा फर्काएर अब १० वर्ष शासन गर्छन्



काठमाडौं, ८ कार्तिक । राप्रपा नेपालका उपाध्यक्ष एवम् पूर्वमन्त्री दिलनाथ गिरीले प्रचण्डले नै राजसंस्था फर्काउने सनसनीपूर्ण खुलासा गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह अब सेरोमोनियल राजाको रुपमा रहने र प्रचण्डले नै कार्यकारी रुपमा भूमिका निर्वाह गर्ने खुलासा गरेका हुन् ।

आज राति प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । राजा फर्किएपछि पनि मुलुकको नेतृत्व भने प्रचण्डले नै गर्ने उनको दाबी छ । राजसंस्था फर्काउने सवालमा सेनाको पनि समर्थन रहने उनको दाबी छ ।

उनले राजसंस्था फर्काएर प्रचण्डले १० वर्ष मुलुकको शासन गर्ने र भ्रष्टाचारमा मुछिएका ठूला ठूला नेताहरु थुन्ने पनि जिकिर गरे । नेपालमा राजसंस्था फर्काएने सवालमा भारत, चीन र अमेरिकाको समर्थन रहने गिरीको दाबी छ । उने यो देशमा राजसंस्था अन्त्य गरेर गणतन्त्रको स्थापनाको घोषणा प्रचण्डले नै गरेको स्मरण गराउँदै अब गणतन्त्रको अन्त्यको घाषणा पनि प्रचण्डले नै गर्ने दाबी गरे । file photo



प्रतिक्रिया दिनुहोस्