काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले राष्ट्रिय सहमतिकाे सरकार बनाउने बाटाेमा मुलुक नपुगेकाे बताएका छन् ।
अहिले विभिन्न काेणबाट धमिलाे पानीमा माछा मार्ने चलखेल भइरहेकाे छ । सहमतिकाे सरकारकाे व्यवस्था संविधानमा पनि छैन । याे राजनीतिलाई अस्थिर बनाउने प्रयास मात्र हाे । मुलक सहमतीय सरकार बनाउने स्थितिमा पुगेकाे छैन । तत्काल याे बेमाैसमी बाजा हाे,´ रेडियाे नेपाली नेटवर्ककाे
नेपाली बहस´ काे कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता खतिवडाले तत्काल माओवादीसहितकाे सरकारलाई निरन्तरता दिनुकाे विकल्प नभएकाे टिप्पणी गरे । उनले थपे, `काेशी प्रदेशमा कांग्रेस-एमाले मिल्दा मात्र स्थिरता हुने देखियाे । भुरेटाकुरे पार्टी बाेकेर स्थिरता हुने भएन । केन्द्रमा पनि त्यस्तै गर्नुपर्छ भन्ने आवाज उठेकाे छ । तर एमाले पनि सरकार बनाउने फाल्ने काममा लागेकाे छैन । अहिले सहमतिकाे क्यारक्यार कुरकुर गर्ने अवस्था छैन । अहिलेकाे सरकारलाई नै निरन्तरता दिनुपर्छ ।´ खतिवडाले पुष्पकमल दाहाल प्रचण्डकाे सरकारकाे गति कम भएकाले थप गेयर लिनुपर्ने पनि औंल्याए।