Logo

सरकार माफियाको पछि लागेको शंकर पोख्रेलको आरोप, कांग्रेसलाई गठबन्धनबाट बाहिरिन सुझाव



काठमाडौं, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको टिप्पणी गरेका छन् । उनले दलालहरुको पहुँच सरकारको नेतृत्व गरेका शयनकक्षसम्म भएको गम्भीर आरोप लगाए ।

उनले अहिलेको सत्ता गठबन्धन तस्करको इशारामा चलेको आरोप लगाए । उनले भने,‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन सकेन् ।’

गृहजिल्ला दाङमा प्रेस चौतारीले आयोजना गरेको प्रेस मिटमा बोल्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धनबाट तत्काल बाहिरिन पनि नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । गठबन्धनबाट बाहिरिन ढिलाई गरे गठबन्धनसँगै काँग्रेसको भविष्य समाप्त हुने उनको दाबी छ । उनले भने,‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् । यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्