काठमाडौं,१२ कार्तिक । आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेको अवस्थामा संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई पुनः जेल पठाउन माग गर्दै नेपालगञ्जकी भारती मानन्धरले रिले अनसन सुरु गरेकी छन् ।
मानन्धरले दशैं अघिनै अनसन थालेको भएपनि केहि दिनका लागि स्थगित गरेकी थिईन् । दसैं सकिए लगत्तै उनले पुनः संघर्षका कार्यक्रम सुरु गरेकी हुन् । २०७२ असार २८ गते बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रिगललाई २०७५ सालमा जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्द कैदको सजाय सुनाएको थियो । तर, राजनीतिक दलको दबाबका कारण सरकारले गत असोज ३ गते नवौं संविधान दिवसको अवसरमा आममाफी दिएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि तीव्र विरोध भएको थियो । भने चेतन पत्नी भारतीले राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन् । जसको पेशी आगामी कार्तिक १४ गतेलाई तोएिको छ ।