Logo

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को म्याद एक महिना थपियो



काठमाडौं,१२ कार्तिक । गत भदौ १६ गतेबाट सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विशेष अभियान ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को म्याद एक महिना थपिने भएको छ ।

तीन महिनाका लागि सूरु गरिएको उक्त अभियानको बीचमा ठूला चाडहरु दशैं, तिहार र छठ परेका कारण एक महिना म्याद थपिएको हो । आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उक्त निर्णय गरेको एक नेताले जानकारी दिए ।

साउनको तेस्रो साता राजधानीमा बसेको माओवादी केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार गत भदौ १६ देखि माओवादी केन्द्रले ७५३ वटै पालिकामा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण तीन महिने अभियान चलाएको थियो । म्याद थपिएपछि पुस १६ सम्म अभियान सञ्चालन हुनेछ ।

माओवादीले सुरु गरेको उक्त अभियानमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ बाट सुभारम्भ गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्