Logo

कम्बोडियाको टेलिकममा ३० अर्बको लगानी छ भनेपछि ओलीले दिए दुर्गा प्रसाईंलाई ‘भुस्याहा कुकुर’को संज्ञा



काठमाडौं,१३ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको भन्दै फैलाईएको भ्रमबारे निन्दा गरेका छन् ।

सोमबार एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित प्रदेश कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो उक्त लगानीबारे प्रमाणित गर्न चूनौतीसमेत दिएका छन् ।

केहि दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्बको लगानी छ भन्दै विवादित मेडिकल व्यवसायी तथा राजतन्त्रवादी आन्दोलनका अभियन्ता दुर्गां प्रसाईंले दाबी गरेका थिए । जसको अहिले चौतर्फी चासो उत्पन्न भएको छ । ओलीले आफ्नो उक्त लगानीबारे प्रमाणीत गर्नेलाई रकम थपेर पुरस्कार दिनेसमेत दाबी गरे ।

ओलीले आफूबारे हुँदै नभएको हल्ला फैलाएको भन्दै प्रसाईंलाई‘भुस्याहा कुकुर’ को संज्ञासमेत दिएका छन् । प्रसाईं एमालेका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । कुनैबेला ओलीलाई हजुरबाको साइनो लगाउने ओली संघीय निर्वाचन २०७९ मा झापा ३ बाट टिकट नपाएपछि एमाले परित्याग गरेर राजतन्त्र पक्षधरको आन्दोलनमा सक्रिय भएका थिए । एमालेको नीति विपरीत काम गरेपछि पार्टीबाट निष्कासीत भएको प्रसाईं त्यसपछि एमालेविरुद्ध खुलेरै मैदानमा उत्रिएका छन् ।



प्रतिक्रिया दिनुहोस्