काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाले ५ विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको मलेसियाले १५ ओभरमा ५ विकेट गुमाएको हो । उसले पाँचौं विकेटको रुपमा शैयद अजिजलाई गुमाएको छ । गुल्सन झाको बलमा शैयद अजिज आउट भएका हुन् । ४९ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाएका उनको विकेट ेनपालका लािग निक्कै महत्वपूर्ण मानिएको थियो ।