Logo

माओवादी केन्द्रकी पूर्व सांसद उमा विश्वकर्मा एमाले प्रवेश



काठमाडौं,१५ कार्तिक । सत्तारुढ दल नेकपा माओवादीकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले प्रवेश गरेकी छन् ।

पूर्व सांसदसमेत रहेकी विश्वकर्मा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर पार्टी प्रवेश गरेकी हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले विश्वकर्मालाई खादा,टीका र माला लगाएर पार्टीमा प्रवेश गराएका थिए । उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्