Logo

रिगलविरुद्धको मुद्दामा दोस्रो दिनको सुनुवाइ सुरू



काठमाडौं,१५ कार्तिक । नवौं संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका गुण्डा नाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडाल रहेको पूर्ण इजलासमा रिटको सुनुवाइ भइरहेको हो । उक्त रिटमा मंगलबार पनि सुनुवाइ भएको थियो । मंगलबार हेर्दाहेर्दैमा सकिएको मुद्दा आज फेरी सुनुवाइ भएको हो ।

रिगलविरुद्ध भारती शेर्पा मानन्धरले मुद्दा दर्ता गरेकी हुन् । बाँके नेपालगञ्जका चेतन मानन्धको हत्या आरोपमा जन्मकैदको सजाय पाएका रिगल असोज ३ गते आममाफी पाएर छुटेका थिए । आफ्ना श्रीमानको हत्या आरोपमा सजाय भोगिरहेकालाई आममाफी दिएपछि भारती सर्वोच्चमा पुगेकी हुन् । उनले रिटमा राष्ट्रपतिको कार्यालय शीतल निवास र गृहमन्त्रालयलाई विपक्षी बनाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्