Logo

ओलीले दोहोर्याए पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुँगो लगाउने कुरा (भिडिओसहित)



काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको सम्बन्ध हार्दिक रहेको बताएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित चियापान समारोहमा मिडियाकर्मीहरुलाई सम्बोधन गर्ने क्रममा र पत्रकारको जवाफमा उनले आफूहरुबीचको सम्बन्ध केलाउँदै राम्रै लक्षण भएको बताए ।

पत्रकारले शान्ति प्रक्रियाबारे ओलीले दिएको अभिव्यक्तिलाई केन्द्रित गरेर प्रधानमन्त्री प्रचण्डले हिजो दिएको अभिव्यक्तिबारे जिज्ञासा राख्दा ओलीले आज चियापानमा त्यसको जवाफ दिनु उचित नभएको बताए । उनले भने,‘प्रधानमन्त्रीले कहिले भनेको कुरा गर्नुभयो यहाँले ?’ जवाफमा पत्रकारले भन्छन्–‘हिजो, हिजो ।’

जवाफमा ओलीले भने–‘त्यो मैले सुनेको छैन् । उहाँसँग मेरो आज विहान भेट भएको थियो, उहाँले त्यस्तो केही भन्नुभएन त ? अघि प्रधानमन्त्रीज्यू र म यहाँ सँगै थियौं, तपाईँहरुले देख्नुभयो होला । हाम्रो चेहरा देख्नुभयो, हाउभाउ देख्नुभयो, हात हल्लाएको देख्नुभयो, हात मिलाएको देख्नुभयो, मुस्कुराएको देख्नुभयो, खुशी भएको देख्नुभयो, एउटै चाडमा एकै ठाउँमा खुशियालीपूर्ण ढंगले समावेश भएको देख्नुभयो, यो त राम्रै लक्षण हो नि ।’ सो अवसरमा उनले संक्रमणकालिन न्याय पीडितलाई केन्द्रमा राखेर छिट्टै टुँगो लगाउने विश्वास दिलाए ।

Photo & Video By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्