काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४ ओभरको अन्तिममा सोमपाल कामीलाई गुमाएको हो । शकील अहमदको बलमा सोमपाल कामी आउट भएका हुन् । उनी १२ रन जोडेर आउट भए । उनले १ छक्का र १ चौका हिर्काएका थिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन जोडेको थियो ।
सोमपाल आउट भएसँगै यतिबेला नेपालको क्रिजमा कुशल मल्ल र कुशल भूर्तेल रहेका छन् । भूर्तेल २६ रन बनाएर खेलिरहेका छन् ।