काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।
१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४ ओभरको अन्तिममा सोमपाल कामीलाई गुमाएकोमा ५ ओभरको अन्तिम बलमा कुशल भूर्तेललाई गुमाएको हो । उनी हरान खानको बलमा आउट भएका थिए । उनले १८ बलमा १ चौका र ३ छक्का हिर्काउँदै २६ रन बनाएका थिए ।
यसअघि सोमपाल कामी १२ रन तथा आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका थिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन जोडेको थियो ।
भुर्तेल आउट भएसँगै यतिबेला नेपालको क्रिजमा कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल रहेका छन् ।