Logo

दुर्गा प्रसाईँलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई एमाले सांसद ज्ञवालीको ध्यानाकार्षण



काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले) की नेतृ एवं प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले दुर्गा प्रसाईँलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकार्षण गराएकी छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले दुर्गा प्रसाईँजस्ता तत्वहरुले जात, जातिको नाममा वा अन्य अराजक गतिविधि गरी व्यवस्थानै कमजोर पार्ने काम गरिरहेको बताएकी हुन् ।

प्रसाईँजस्ता अराजक भीडले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेको उनको भनाई छ । उनीहरुलाई कारबाहीको दायरामा ल्याउन ज्ञवालीले सभामुखमार्फत सरकारको ध्यानाकार्षण गराएकी छन् ।

‘यतिखेर मुलुकमा जात, जातिको नाममा वा अन्य अराजक गतिविधि गरी यो व्यवस्थालाई कमजोर गर्ने काममा ज्यान फालेर अराजक तत्व लागिरहेका छन् ।’ उनले भनिन्, ‘यतिखेर दुर्गा प्रसाईँजस्ता अराजक भीडले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको कम्बोडियामा टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन् । यस्ता गलत भ्रम छर्ने तत्वलाई सरकारले कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्