Logo

संसद्मा रविको प्रश्न, ‘व्यवस्था र संविधान अरु कसैको कारण खतरामा छ कि तपाईँ हाम्रै चरित्र र व्यवहारले ?



काठमाडौं, १६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रीतनिधि सभा सदस्य रवि लामिछानेले संविधान र व्यवस्थामाथि अरु कतैबाट खतरा नभएर दलका नेताहरुबाटै खतरा रहेको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लामो राजनीतिक इतिहास बोकेका दलका नेताहरुले व्यवस्था र संविधानको चिन्ता गरेको देखिएको भन्दै उनले यस्तो बताएका हुन् ।

‘यो रोस्टममा लामो राजनीतिक इतिहास भएका माननीय सांसदहरु, नेताहरुले यो देशको, व्यवस्थाको, संविधानको अत्यन्त धेरै चिन्ता गरको देखियो । यसलाई जोगाउन पर्छ, यो गुम्छ कि भनेर असाध्यै धेरै चिन्ता गरेको देखियो ।’ उनले भने, ‘तर, म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु– के यो व्यवस्था र संविधान अरु कसैको कारण खतरामा छ कि तपाईँ हाम्रै चरित्र र व्यवहारका कारणले खतरामा छ ? यो कुरा छुट्याउन जरुरी छ ।’

अहिले संविधान, व्यवस्था र प्रणाली जोगाइराख्ने भन्दा पनि आफ्नो मान्छे जोखाउन तर्फ सबै दल लागेको उनको टिप्पणी छ । साथै उनले संसद् ठूला भनिएका तीन दलबाहेकका लागि अनुदार भएको भन्दै आपत्ति जनाए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्