Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?



काठमाडौं, कार्तिक १७। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

आज कुवेती दिनार एकको खरिद दर ४३० रुपैयाँ ८ पैसा र बिक्री दर ४३२ रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्