Logo

तारा एयरका दुई पाइलटबीच विमानस्थलमै कुटाकुट



काठमाडौं, कात्तिक १७ । रामेछाप विमानस्थलमा २ पाइलटबिच कुटाकुट भएको छ । विमानस्थलमा तारा एयरका टुइनटावर विमानका २ पाइलटहरु बिच कुटाकुट भएको बुझिएको छ ।

आज बिहान ८ बजे वरिष्ठ क्याप्टेन सन्तोष साह र सोही कम्पनीका अर्का क्याप्टेन सञ्जिब श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको स्रोतले जनाएको छ ।

उनीहरुबीच झगडा भएको कारण भने खुल्न सकेको छैन् । घटनापछि सन्तोष साहको हातमा चोट लागेको छ । सन्जिव श्रेष्ठ भने सोही विमान लिएर लुक्ला उडेका छन् ।

विमान र सन्जिवलाई लुक्ला विमानस्थलै ग्राउण्डेड गरिएको छ । साहलाई रामेछापमै ग्राउण्डेड गरिएको र क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्