Logo

‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ हुने भएपछि दुई दल मिलेः दयालबहादुर शाही



काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता दयालबहादुर शाहीले कांग्रेस र माओवादी मिलेकोमा आफूलाई कुनै आपत्ति नरहेको बताएका छन् ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई पार्टी नमिलेको खण्डमा ‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ हुने भएकाले यी दुई दलबीच मिल्नुको विकल्प नरहेको उनले बताए ।

माओवादीले युद्ध सुरु गर्दै गर्दै त्यो पार्टीको प्रमुख प्रचण्ड र तत्कालीन प्रधानमन्त्री देउवानै रहेको स्मरण गराउँदै उनले अहिले मिल्ने माओवादी–कांग्रेस त्यहीबेला मिलेको भए १८ हजारले मर्न नपर्ने उनले टिप्पणी गरे ।

‘अहिले पनि उहाँहरु मिलेकोमा हामीलाई कुनै आपत्ति छैन, मिल्नुस् । तपाईँहरुको मिलनको विन्दुनै एमाले एमाले हो । एमालेप्रतिको तपाईँहरुको त्रास । बढारिनुहु्न्छ उहाँ (प्रचण्ड), कांग्रेस हाफ माओवादी पत्तासाफ हुन्छ नमिले । त्यस कारण मिल्नुभएको छ, मिल्नुस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्