Logo

रुकुम पश्चिममा ३६ को मृत्यु, ५३ घाइते, उद्धारपछि राहतको काममा लाग्छौं : प्रजिअ पन्त



काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर हिजो राति ११ः४७ बजे गएको ६‍.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोटसँग सिमाना जोडिएको रुकुम पश्चिममा पनि जनधनको व्यापक क्षति भएको छ ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जाजरकोटसँग जोडिएका आठबिसकोट नगरपालिकामा २८ जना र सानी भेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको र ५३ जना घाइते भएको बताए । अहिलेसम्म घाइतको जिल्ला अस्पताल सल्ले र आठबिसकोटको राडीबजार अस्पतालमा पुर याएको उनले बताए ।
आठबिसका वडा नं ११, १२, १३ तथा सानो भेरीका वडा नं १ देखि ४ सम्म जनधनको क्षति भएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रजिअ पन्तले भने, ‘घाइतेहरुलाई सेनाको हेकिकप्टरबाट जिल्ला अस्पताल सल्ले, चौरजहारी र राडीबजारमा बिरामी पु र् याउने व्यवस्था मिलाउन आवश्यक समन्वय गरिरहेका छौं । ठाउँठाउँमा पहिरो गई ढुंगा खसेकाले बाटो अवरुद्ध । रातको समय, भौगोलिक कठिनाइ, कमजोर सडक, जनशक्तिको अभावका कारण समयमै उद्धार गर्न समस्या भयो ।’ प्रजिअ पन्तले उद्धारपछि राहतको काममा लाग्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्