काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्धको खेलमा चौथो विकेट पनि गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९ ओभरको अन्तिम बलमा कुशल मल्ललाई गुमाएको हो । उनी आज मात्रै ३ रनमा आउट भए । उनले ९ बलको सामना गरेका थिए ।
ताजा अवस्थामा नेपालले १० ओभरको खेल चलिरहँदा ४ विकेट गुमाएर ६१ रन बनाएको छ ।