Logo

लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं,१९ कार्तिक । लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन प्रदेश सचिव अधिकारीसहति लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध पनि मुद्दा मायर गरेको छ ।

आर्थिक वर्ष २०७५र७६ मा सञ्चालित कृषि यान्त्रिकीकरण कार्यक्रममा कृषकलाई कम गुणस्तरको कृषि उपकरण उपलब्ध गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

तत्कालीन प्रदेश सचिव अधिकारीले सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी÷नगराई भुक्तानी टिप्पणी सदर गरेको पाइएको अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले उनीहरूसँग एक करोड ३१ लाख ६० हजार रुपैयाँ बिगो दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्