काठमाडौं,१९ कार्तिक । नेपालका तीव्र गतिका बलर गुलसन झा आइसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा उत्कृष्ट प्रदर्शन गरेका गुल्सन झा बेस्ट नेपाली प्लेयर अफ दि सिरिज घोषित भएका छन् ।
प्रतियोगिताभर ७९ रन बनाएर ५ विकेटसमेत लिएका गुल्सनले मोटरसाइकलसमेत प्राप्त गरेका छन् ।
ओपनर कुशल भुर्तेल भने उत्कृष्ट ब्याटर घोषित भए। घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा १ सय ८५ रन बनाएका थिए।
नेपाल र ओमान दुवैले फाइनल जित्दै सन् २०२४ मा हुने आईसीसी टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।