Logo

प्रधानमन्त्री प्रचण्ड भेट्न शेखर कोइराला बालुवाटारमा



काठमाडौं,२० कार्तिक । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान नेता कोइरालाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर दाहालसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री दाहाल र नेता कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको बताईएको छ ।

प्रधानमन्त्री दाहालले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए। प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता गरिएको हो।

नेता कोइरालाले पछिल्लो समय सत्ता गठबन्धन र नेपाली कांग्रेसमासमेत विद्रोह गर्दै कोशी प्रदेशमा आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाएका छन् । यख्पि कार्की नेतृत्वको उक्त सरकार हाल गठबन्धनकै सरकारमा रुपान्तरण भईसकेको छ । नेता कोइराला र उनको समूह वर्तमान सरकारको विकल्प खोज्ने पक्षमासमेत देखिएको छ । तर, हालैका दिनमा नेता कोइरालाले आफ्नो चर्को अभिव्यक्तिलाई कम गर्दै लगेको आंकलन भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्