Logo

मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय



काठमाडौं,२० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने र विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

दलको बैठकमा बोल्ने केही सांसदले भने एमाले सांसदको सहयोगमा बनेको सरकारमा जानुपर्ने बताएका थिए ।

यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयोग गर्ने, दूधको बजार व्यवस्थापन गर्न माग गर्नेलगायतको निर्णय गरेको छ ।

कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

तर एमालेको सहयोगलाई लत्याउँदै मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्र र नेकपा एसका एक एक सांसदलाई मन्त्री नियुक्त गरेका थिए । आफूहरुसँगको सहमति लत्याएको भन्दै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाएको थियो ।



प्रतिक्रिया दिनुहोस्