काठमाडौं, २० कार्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशमा राख्ने भनेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगन एको छ ।
देश यतिवेला जाजरकोट र रुकुम पश्चिमको भूकम्पको कारण शोकमा रहेको कारण रास्वपाले बैठक स्थगित गरेको हो । रास्वपाले यही कात्तिक २२ र २३ गते मधेस प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक राख्ने तय गरेको थियो ।
सभापति लामिछाने यतिवेला भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । बैठकको मिति छिट्टै तय गर्ने नेताहरुले जनाएका छन् ।
file photo/ReportersNepal