Logo

गृह मन्त्रालयले आरती साहको परिवारका सदस्यलाई छलफलको लागि बोलायो



काठमाडौं, २० कार्तिक । धनुषाकी आरती साहको हत्या भएकोमा न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका आरतीका परिवारलाई गृह मन्त्रालयले वार्ता तथा छलफलमा बोलाएको छ ।

आजमात्रै आम जनता पार्टीकी केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव रञ्जु साहले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पीडित परिवारलाई न्याय दिलाउनको लागि ध्यानाकार्षण गराएका थिए ।

सो अवसरमा गृहमन्त्री श्रेष्ठले आजै आरतीका परिवारका सदस्यसँग वार्ताको लागि पत्राचार गरिने आश्वास दिएका थिए । आजै साँझ आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले छलफलका लागि पत्र पठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्