काठमाडौं,२१ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा दुई महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा मंगलबार बिहान बालुवाटार पुगेका हुन्।
केही दिनअघि बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले जाजरकोट केन्द्र भई गत शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनामा सरकारले तत्काल काम गर्न आग्रह गर्ने र पीडितलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको थियो ।
भने संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने कांग्रेसको निर्णय थियो।
कांग्रेस सभापतिसहित नेताहरूले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सबै भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउनसमेत माग गरेको बताईएको छ ।