काठमाडौं,२१ कार्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसदहरुले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई आधा महिनाको तलव सहयोग गर्ने भएका छन् ।
कांग्रेस गण्डकीको आज बसेको पदाधिकारी तथा संसदीय दलको बैठकले १५ दिनको तलव सबै सांसदहरुले भूकम्पबाट प्रभावित बनेकाहरुलाई सहयोग गर्ने निर्णय गरेको हो ।
गत कार्त्तिक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षति प्रति दलले गहिरो दुःख व्यक्त गरेको । भूकम्पमा परि मृत्युवरण गरेकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै भूकम्प प्रभावितहरूलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग बैठकले अनुरोध गरेको छ ।