Logo

जाजरकोट भूकम्प प्रभावितलाई ‘परदेशी २’ को टिमले ५१ हजार सहयोग गर्ने



काठमाडौं,२१ कार्तिक । गत असोज २६ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’ को टिमले जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्ने भएको छ।

गत शुक्रबार राती जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पबाट प्रभावितका लागि सहयोगस्वरुप ५१ हजार रुपैयाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको चलचित्रका निर्देशक नारायण रायमाझीले जानकारी दिए।

‘गत शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद परिस्थितिमा हरेक नेपालीले आ–आफ्नो स्थानबाट सहयोग गरिरहनुभएको छ। हामीले हाम्रो चलचित्र ‘परदेशी २’को तर्फबाट पनि भूकम्प प्रभावितका लागि सानो सहयोगस्वरुप ५१ हजार रुपैयाँ भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेका छौं,’ रायमाझीले भनेका छन्।

गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका ठूलो जनधनको क्षति भइसकेको छ। अहिले सरकारसहित कलाकारहरू पनि भूकम्पप्रभावितलाई सहयोग गर्न जुटेका छन्।

रायमाझीसहित राजेश वंशल निर्माता रहेको फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ लगायतको अभिनय छ। फिल्मको कथा रमेश बिजीले लेखेका हुन्। हालसम्म पनि उक्त चलचित्रले सफलताका साथ राम्रो व्यापार गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्