काठमाडौं,२१ कार्तिक । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले सरकरालाई ५० लाख हस्तान्तरण गरेको छ ।
गत शुक्रबार जाजरकोट केन्द्र भएर गएको विनासकारी भूकम्पबाट प्रभावित बनेका हरुको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेको हो ।
मंगलबार माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, प्रमुख सचेतक हितराज पाण्डे, सचिव दीनानाथ शर्मा लगायतका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
यस अघि आजै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले पनि भूकम्प पीडितका लागि रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । कांग्रेसले ५० लाख र एकीकृत समाजवादीले २५ लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो ।