काठमाडौं,२१ कार्तिक । सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा चलाईएको सत्तारुढ माअोवादी केन्द्रका नेता तथा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीले सफाइ पाएका छन् ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई र वलभद्र वास्तोलाको संयुक्त इजलासले भण्डारीलाई सफाइ दिएको हो ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी झापाका वरिष्ठ व्यवस्थापन सहायक रहेका बेला भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
२०७३ असोजमा नायब सुब्बामा सरकारी सेवामा प्रवेश गरी २०७७ असार ३० मा स्वेच्छिक अवकाश लिएका भण्डारी माओवादी केन्द्र निकट मानिन्थे । उनले सरकारी जागिर छोडेपछि कोरोनाकालमा विध ल्याब सञ्चालनमा ल्याएका थिए ।