काठमाडौं,२२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई सुझाव दिएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेर पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो १४ बुँदे सुझाव हस्तान्तरण गरेका हुन् ।
लामिछानले भूकम्प लगत्तै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । ‘पार्टीको कार्यक्रमका लागि पाल्पामा रहेको भएतापनि भूकम्पको खबर सुन्ने बित्तिकै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर पाल्पाबाट हामी सिधै जाजरकोट गएका थियौँ । यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनुपर्ने कार्यको सूची तपाईँसमक्ष राखेको छु’, लामिछानेको सुझावमा भनिएको छ ।’
यस्तो छ सरकारलाई लामिछानेले दिएका सुझावहरु