Logo

एमाले सचिवालय बैठक सुरू



काठमाडौं,२२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मूख्यालय च्यासलमा बैठक भर्खरै सुरु भएको हो ।

बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल केन्द्रित रहेको बताईएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ । बैठकले पदयात्राको मिति तय गर्नेछ।

अभियानका क्रममा एमालेले सभा, भेटघाट र अन्तरक्रिया गर्नेछन् । यस्तै बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ । बैठकमा भूकम्पपछिको राहत, पुनः स्थापना बारे छलफल गर्ने एजेण्डा रहेको जनाएको छ। Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्