Logo

जिल्ला अधिवेशनको समय ४ महिना थप्ने एमाले सचिवालयको निर्णय



काठमाडौं,२२ कार्तिक । नेकपा एमालेले जिल्ला तथा पालिकाअधिवेशनको समय ४ महिना थप गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी जेठ मसान्तसम्म जिल्ला अधिवेशनको समयावधि थप गर्ने निर्णय गरेको हो ।

सचिवालय बैठकले मंसिर ६ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउनेसमेत निर्णय गरेको छ । आसन्न केन्द्रीय कमिटीको बैठकमा एमालेले मंसिर १४ गतेबाट सुरु गर्न लागेको मध्यपहाडि लोकमार्ग विशेष अभियानलाई प्रभावकारी र नतिजामूलक बनाउन आवश्यक कार्य तय गर्ने बताईएको छ ।

एमालेले पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्म तीन साता लामो अभियान सञ्चालन गर्ने निर्णय भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्