Logo

भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने एमालेको निर्णय



काठमाडौं,२२ कार्तिक । नेकपा एमालेले जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पार्टीका कार्यकर्तालाई स्वयंसेवकको रुपमा खटाउने निर्णय गरेको हो ।

उनीहरु मंसिर एक गतेबाट त्यहाँ खटिने छन् । उनीहरुले भूकम्प प्रभावितहरुको लागि अस्थायी आवास निर्माणका लागि सहयोग गर्नेछन् । एमालेले यसअघि ०७२ सालमा गएको विनासकारी गोरखा भूकम्पमा पनि कार्यकर्तालाई स्वयंसेवकको रुपमा खटाएको थियो ।



प्रतिक्रिया दिनुहोस्